रोनाल्डोको क्लबलाई खेलाडी किन्न प्रतिबन्ध

काठमाडौं । साउदी क्लब अल नासिरलाई खेलाडी अनुबन्धन प्रक्रियामा प्रतिबन्ध लागेको छ ।

फिफाले लेस्टर सिटीका खेलाडी अहमद मुसाको भुक्तानी प्रकरणमा दोषी ठहर गर्दै रोनाल्डोको क्लबमाथि प्रतिबन्ध लगाएको हो ।

लेस्टरले सन् २०१८ मा नाइजेरियाका खेलाडीलाई बेचेको थियो । लेस्टरले करिब चार लाख पाउण्डको माग गर्दै फिफामा उजुरी गरेको थियो ।

अल नासिर गत सिजन रोनाल्डोलाई अनुबन्ध गरेपछि चर्चामा आएको थियो ।

‘सम्बन्धितले ऋण तिरेको पुष्टि हुने बित्तिकै तुरुन्त प्रतिबन्ध हटाइनेछ ।’ फिफाले भनेको छ ।

अल नारिसले क्रोएसियन स्टार मार्सेलो ब्रोजोभिकलाई क्लबमा अनुबन्ध गरेको छ । साउदी क्लबसँग चेल्सी स्टार हाकिम जियाच समेत पछिल्लो समय जोडिएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर