नेपालले भोलि पाकिस्तानसँग खेल्ने

काठमाडौं । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले शुक्रबार(भोलि) पाकिस्तान ‘ए’को सामना गर्नेछ । समूह ‘बी’ मा रहेका नेपाल र पाकिस्तान ‘ए’बीचको खेल कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा नेपाली समयअनुसार बिहान १०:१५ बजेबाट सुरु हुनेछ ।

नेपालले दोस्रो खेल भारत ‘ए’सँग जुलाई १७ तथा अन्तिम खेल युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ सँग जुलाई १९ तारिखमा खेल्नेछ ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल सहित अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।

क्यानाडामा हुने ग्लोबल टी-ट्वान्टी क्यानाडा (फ्रेन्चाइज लिग) खेल्न जाने भएका कारण दिपेन्द्र र सन्दीपले इमर्जिङ टिम्स एसिया कप गुमाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर