रास्वपा एमालेको पछि लाग्दैन : सभापति लामिछाने

काठमाडौं । प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारको स्थायित्वको पक्षमा रहेको र आफ्नो पार्टी पनि छुट्टै प्रतिपक्ष भएकाले एमालेको पछि नलाग्ने बताएका छन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रमुख प्रतिपक्षी एमालेको पछि लागेको भाष्य निर्माण गर्न खोजिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उनले भने, “उपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागी हुनुस् भनेर प्रस्ताव राख्नुभएको थियो, हामीले जाने इच्छा व्यक्त गरेनौं । उहाँहरूको जे समझदारी भएको छ त्योअनुसार नै गठबन्धनमा गए हुन्छ भनेका छन् । तर हामी संगठन निर्माणमा नै लागेका छौं । हामी सरकारमा जाने रेसमा छैनौं । हामी स्थायित्वका पक्षमा छौं । जनतामा सरकार आज नै ढल्ला कि, भोलि नै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण नबनोस् भन्ने चाहन्छौं र जिम्मेवार राजनीतिक दलले चाहने पनि त्यै नै हो । सत्तापक्षका दोस्रो र तेस्रो तहका नेताहरूले सहयोग चाहिन्छ है भनिरहेका छन् ।”

उनले कुनै पनि दलको पछि लाग्ने र उनीहरूका एजेन्डा बोक्ने पक्षमा आफू नरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर