आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी ५०, घिउ सिमी लोकल ९०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४६, भारतीय आलु रातो ३५, टनेल गोलभेडा सानो ३२, लौका ७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, बन्दा लोकल १०, ब्रोकाउली ८०, कागती १४० रुपैयाँ, भिण्डी ९०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १४०,अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, नासपाती ७०, किवि ८००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, मालदह आँप १२०, हरियो धनिया २००, छ्यापी सुकेको  १४०, खुर्सानी सुकेको ४५०, लसुन २००, चाइनिज लसुन २४०, रुख कटहर ३०, भेडे खुर्सानी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर