भारी वर्षाका कारण भारतको नयाँदिल्ली जलमग्न

काठमाडौं । लगातार भारी वर्षाका कारण भारतको राजधानी नयाँदिल्ली जलमग्न भएको छ ।

पछिल्ला दुई दिनदेखि लगातार परिरहेको वर्षाका कारण यमुना नदीमा पानीको सतह ज्यादै बढ्दा राजधानी दिल्ली जलमग्न भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार बुधबार राती १ बजे यमुना नदीमा पानीको सतह २ सय ८ मिटर मापन गरिएको छ । यो भनेको खतराको विन्दु भन्दा झण्डै दुई मिटर बढी हो भो यसले सन् १९०० पछिका सबैै रेकर्ड पनि ब्रेक गरेको छ ।

यसअघि सन् १९७८ मा २ सय ७ दशमलव ४९ मिटर जलसतह मापन गरिएको रेकर्ड भएको भारतीय अधिकारीहरुले बताएका छन् । हरियाणाको हथिनीकुथ बाँधबाट निरन्तर पानी छाड्ने क्रम जारी रहँदा पनि दिल्लीमा बाढीले बेहाल बनाएको हो । बाढीको पानी सडक र वस्ती क्षेत्रमा पस्दा शहर पुरै जलमग्न भएको छ ।

सडकहरुमा यातायात सञ्चालन गर्न मुश्किल भएको छ भने होचो भूभागका वस्तीहरुमा मानिसहरु घर बाहिर निस्कनै पाएका छैनन् । दिल्लीको बाहिरी चक्रपथ क्षेत्र बाहेक अन्यत्र यातायात सहज नरहेको दिल्ली ट्राफिक प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा आपत्काल लागू गरिएको छ भने होचो क्षेत्रका विद्यालयहरु बन्द गरिएका छन् ।

यमुना नदी आसपासका क्षेत्रबाट मानिसहरुलाई युद्धस्तरमा सुरक्षित स्थानतर्फ सारिएको छ । भारतीय मौसमविद्हरुले आगामी २४ घण्टा अझै तेज वर्षा हुने चेतावनी दिएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर