माउन्टले डेब्यु खेलमै म्यानचेस्टर युनाईटेडमा प्रभाव देखाए

काठमाडौं । मासन माउन्टले डेब्यु खेलमै म्यानचेस्टर युनाईटेडमा प्रभाव देखाएका छन् । माउन्टले प्रेरित युनाईटेडले सिजनको पहिलो खेलमा लिड्स युनाईटेडलाई २–० ले हराएको छ ।

प्रि–सिजनको तयारीमा युनाईटेडले लिड्ससँग पहिलो खेल खेलेको थियो । जसमा २४ वर्षिय खेलाडी माउन्ट प्रभावशाली देखिएका थिए । उनको पहिलो ४५ मिनेट क्लबका लागि उत्कृष्ट देखिएको थियो । उनको प्रर्दशनबाट सबैभन्दा खुसी प्रशिक्षक इरिक टेन हग देखिए । उनले माउन्टको आगमनले टिममा गतिशिलता थपिएको प्रतिक्रिया दिए ।

माउन्टलाई युनाईटेडले ५५ मिलियन पाउण्ड तिरेर चेल्सीबाट किनेको थियो । उनलाई पहिलो हाफमा युनाईटेडले मैदानमा उतारेको थियो । जसमा उनले ११ अवसर सिर्जना गरेका थिए ।

‘उनले हाम्रो खेलमा गतिशिलता लिएर आएका छन् । अघिल्लो सिजन जुन हामीले निष्कर्श निकालेका थियौं ।’ हगले भने ।

‘जब तिमी मिडफिल्डमा खेल्छौं । तिमीले आक्रमण गर्नुपर्छ । तिमी रक्षात्मक पनि हुनुपर्छ । तिमी मिडफिल्डमा अझ गतिशिल देखिनपर्छ ।’ प्रशिक्षक हगले भने ।

‘मलाई पक्का छ, उनले युनाईटेडको सफलतामा योगदान गर्नेछन् । उनी क्षमता भएका खेलाडी हुन् ।’ हगले थपे ।

टेन हगले सुरुआती प्लेइङ सेटमा युवा र अनुभवी खेलाडी उताएका थिए । युवा खेलाडीको रुपमा लिसान्ड्रो मार्टिनेज, राफेल भराने र जाडोन साञ्चो थिए । जसमा कोबी मेन्यु र ओमारी फोर्सन समेत सामेल थिए ।

जर्मन म्यानेजर ड्यानियल फर्केले पहिलो पटक लिड्सलाई नेतृत्व गरेका थिए । जो गत सिजन रेलिगेशनमा परेको थियो, च्याम्पियनसिपको तयारी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर