स्वास्थ्यमन्त्री बस्नेत भक्तपुर क्यान्सर अस्पतालमा फेल

काठमाडौं । सर्वोच्च अदालतले  भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकलाई हटाउने निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले उनलाई हटाउने स्वास्थ्य मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

बुधबार सर्वोच्चले निर्देशक डा विष्णुदत्त पौडेललाई हटाउने निर्णयमा रोक लगाएको हो। मन्त्रिपरिषद् बैठकबाट निर्णय भई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त भएका पौडेललाई हटाएर उनको स्थानमा नवौं तहका डाक्टर उज्वल चालिसेलाई निमित्त कार्यकारी निर्देशक बनाउने गरी स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले निर्णय गरेका थिए।

सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका पौडेलको माग बमोजिम अदालतले अन्तरिम आदेश जारी गरेको हो। झापाका विष्णुदत्त पौडेललाई २०७७ साल मङ्सिर १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो। तत्कालीन केपी शर्मा ओली सरकारको पालामा मन्त्रिपरिषद्को निर्णयबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर