सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि : प्रधानमन्त्रीद्वारा दागबत्ती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टिक्रिया गरिएको छ । उनी प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी हुन् । सीता दाहालको पार्थिव शरीरमाथि पति पुष्पकमल दाहालले दागबत्ती दिएका थिए ।

उनको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरे । त्यसलगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । सीता दाहालको बुधबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर