सीता दाहालको निधनप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

काठमाडौँ  ।  पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गरेका छन्।

सीता दाहालको नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको थियो । पूर्वराजारानीका तर्फबाट उनका प्रमुख सचिव पशुपतिभक्त महर्जनले पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालय पुगेर दुःख व्यक्त गरेका थिए।

महर्जनले माओवादीका महासचिव देव गुरुङलाई भेटेर पूर्वराजारानीको तर्फबाट दुःख र समवेदना व्यक्त गरेका थिए। प्रधानमन्त्री दाहाल भने मन्त्रिपरिषद् बैठकमा सहभागी हुन सिंहदरबारतर्फ गएकाले महर्जनको उनीसँग भेट हुन नसकेको बताइएको छ । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर