नेटोको कारण तेस्रो विश्वयुद्ध नजिकिएको रुसको दाबी

काठमाडौं । रुसले नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको बताएको छ ।

लिथुआनीयामा नेटो शिखर सम्मेलन चलिरहेको बेला रुसको शक्तिशाली सुरक्षा परिषदका उपसचिव दिमित्री मेदभेदेवले नेटोको बढ्दो युक्रेन सहयोगले तेस्रो विश्वयुद्धलाई नजिक ल्याइरहेको बताएका हुन् ।

पश्चिमाहरुको विवेकहीन युद्धमोहले घातक अन्त्य बाहेक अरु केही निम्त्याउँदैन र त्यो भनेको तेस्रो विश्वयुद्ध रहेको मेदभेदेवको भनाइ थियो ।

रुसका पूर्व राष्ट्रपति र प्रधानमन्त्रीसमेत रहेका मेदभेदेव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वासपात्र मानिन्छन् ।

मेदभेदेवको पछिल्लो टिप्पणीले रुसी उच्च नेतृत्वको मानसिकता झल्काउने विश्लेषण गरिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर