नेटोको सम्मेलनले युक्रेनलाई तत्काल सदस्यता नदिने

काठमाडौं । लिथुआनियमा जारी उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सम्मेलनले युक्रेनलाई तत्काल सदस्यता नदिने निर्णय गरेको छ ।

सम्मेलनले युक्रेनलाई प्रक्रिया छोट्याएर तत्काल सदस्यता दिन नसकिने निर्णय गरेको हो ।

युक्रेनलाई भविष्यमा नेटो गठबन्धनमा स्वागत गर्ने भन्दै सम्मेलनमा सहभागी शीर्ष नेताहरुले त्यसका लागि शर्तहरु विधिसम्मत प्रक्रियाबाट पुरा हुनुपर्ने बताएका हुन् । नेटो गठबन्धनले तत्काल सदस्यता नदिएपछि सम्मेलनमा पुगेका युक्रेनी राष्ट्रपति भोलोडोमीर जेलेन्स्की भने आक्रोशित बने ।

नेटोको निर्णयप्रति सामाजिक सञ्जालमा ट्वीट् गर्दै जेलेन्स्कीले सम्मेलनको कुनै अर्थ नभएको टिप्पणी गरे । सम्मेलनले नेटोमा आवद्ध ११ राष्ट्रले युक्रेनी पाइलटहरुलाई आगामी अगष्टमा रोमानियामा लडाकु बिमान उडानको प्रशिक्षण दिने निर्णय गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर