शाह एसियन एथलेटिक्स एसोसियनको सदस्यमा निर्वाचित

काठमाडौं । राजीव बिक्रम शाह एसियन एथलेटिक्स एसोसियसनको सदस्यमा निर्वाचित भएका छन् ।

थाईल्याण्डको बैंककमा भएको साधारण सभाले नेपाल एथलेटिक्स एसोसियसनका अध्यक्ष समेत रहेका शाहलाई सदस्य पदमा निर्वाचित गरेको हो ।

कार्यसमिति सदस्य पदमा मात्र भएको निर्वाचनमा शाहले सर्वाधिक ३४ मत प्राप्त गरे । कार्यसमितिका ८ जना सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो । साहले शीर्ष स्थानमा रहदै ३४ मत प्राप्त गरेका थिए ।

जाजरकोटबाट प्रदेश सभा सांसद जितेका शाह पहिलो पटक एसियन एरिनाको पदाधिकारीमा निर्वाचित भएका हुन् ।

उनी अहिले नेपाल एथलेटिक्स एसोसियनका केन्द्रिय अध्यक्ष छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपले नयाँ निर्वाचनका लागि शाहलाई संयोजक राख्दै एथलेटिक्स संघको तदर्थ समिति गठन गरेको छ ।

यस्तै, एसोसियनसनको अध्यक्षमा कतारका दहलान जमन बी अल हमद निर्विरोध निर्वाचित भए । वरिष्ठ उपाध्यक्षमा थाईल्याण्डका सुरपोङ्ग अनियामोङ्गकोल निर्वाचित भए ।

उपाध्यक्षहरुमा चीनका वाङ नाम, भारतका टिगर पान्गापुल तानजंग, कुवेतका सयर सालेह अलानेजी, पाकिस्तानका जनरल मुहम्मद अकरम साइ र उज्वेकिस्तानका एन्ड्री अब्दुवलियेव निर्विरोध रहे ।

महिला सदस्यमा युको अरिमोरी, फिलोमेना बैरोस र स्टेपनिशेवा तात्याना निर्विरोध रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर