थाइल्यान्डमा शव टुक्रा–टुक्रा पारेको अवस्थामा फेला

काठमाडौं । थाइल्यान्डमा एक साताअघि बेपत्ता भएका एक जना करोडपति व्यापारीको शव फ्रिजभित्र फेला परेको छ । शवलाई धारिलो हतियारले धेरै टुक्रा पारिएको थियो । त्यसपछि अपार्टमेन्टको फ्रिजरमा मृतकको शव प्रहरीले बरामद गरेको थियो । घटना थाइल्यान्डमा भएता पनि हत्या गरिएका जर्मन हुन् । हाल थाई पुलिस घटनाको अनुसन्धानमा जुटेको छ।

डेली मेलको रिपोर्टका अनुसार बेपत्ता ६२ वर्षीय जर्मन रियल इस्टेट टाइकुन हान्स पिटर वाल्टर म्याकको शव मंगलबार साँझ प्रहरीले फेला पारेको थियो। पटाया शहरको एक भाडाको घरमा शवलाई फ्रिजरमा राखिएको थियो। घटनास्थलबाट अटोमेटिक चेनस डोरी, भ्याकुम सिलर, पानीको बोतल आदि बरामद भएको प्रहरीले जनाएको छ ।

शव देखेपछि पिटर वाल्टरको निर्ममतापूर्वक हत्या भएको थाहा हुन्छ । उनको टाउको, धड़ र हात खुट्टा सबै फरक रहेको प्रहरीले जनाएको छ । शव काट्न आरा प्रयोग गरिएको थियो। त्यसपछि शरीरका अंगहरूलाई प्लास्टिकको झोलामा राखिएका थियो । -एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर