बालेनलाई वारिस राख्ने सुविधा प्राप्त भएन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ। अदालतको अवहेलना मुद्दा खेपिरहेका साहले आइतबार उक्त मुद्दामा वारेस राख्ने अनुमति माग्दै निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले “अनुमति नहुने” निर्णय ग–यो ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार इजलासले वारेस राख्ने अनुमति नदिएपछि मेयर बालेन अब आफैं तारेख बुझ्न आउनु पर्नेछ। भारतीय सिनेमा आदिपुरुषलाई महानगरभित्रका हलमा चल्न नदिने घोषणा गरेका साहले उच्च अदालत पाटनले उक्त चलचित्र चलाउन दिनू भनी गरेको फैसलाविरुद्ध सामाजिक सञ्जालमा अदालतको मानहानी हुने आपत्तिजनक वक्तव्य जारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर