धानको समर्थन मूल्य निर्धारण

काठमाडौं। सरकारले धानको समर्थन मूल्य तोकेको छ। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार बैठकले मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोक्ने निर्णय गरेको हो। प्रवक्ता शर्माले भनिन् ‘‘आज कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने काम भएको छ। अहिले मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल ती हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकिएको छ। यो पहिला भन्दा साढे दुई सय सय रुपैयाँले बढी हो।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर