हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन, ६ जनाकै शव काठमाडौं ल्याइयो

काठमाडौं । सरकारले मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषदकोमंगलबार अपराह्न बसेको बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो।

बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यसैगरी बैठकले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णयसमेत गरेको छ । सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा गरेको छ । वरियताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको प्रवक्ता शर्माले बताइन् ।

यसैबीच हेलिकोप्टर दुर्घटनामा परेका क्याप्टेनसहित ६ जनाको शव काठमाडौं ल्याइएको छ। दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँच जना मेक्सिकोका नागरिकको मृत्यु भएको थियो। मृत्यु हुनेमा क्पाप्टेन सीबी गुरुङ र मेक्सिकोका नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गोन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक छन्। अल्टिच्यूड एअरको हेलिकप्टरबाट पहिलोमा चार वटा र दोस्रोमा दुई वटा शव ल्याइएको हो। शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर