“उमेर हद बाइडेन, देउवा र मोदीलाई होइन, एउटा केपी ओलीलाई ताकेको हो”

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बुढा भन्नेहरूलाई म्याराथनको निम्तो दिऊँजस्तो लाग्ने बताएका छन्।

पार्टीको बागमती प्रदेश कमिटीको मंगलबार आयोजित बैठकमा ओलीले पार्टीमा उमेर हदको व्यवस्थाप्रति आक्रोश पनि व्यक्त गरे ।

ओलीको पार्टीमा उमेर हदसम्बन्धी प्रस्तावका सम्बन्धमा तिखो प्रतिक्रिया यस्तो थियो:-

‘बुढा भनेर आक्रमण गरेको ८० वर्ष पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई होइन, कांग्रेसका सभापति शेरबहादुर देउवालाई होइन, मभन्दा एक वर्ष जेठो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि होइन, एउटा केपी ओलीलाई ताकेको हो । त्यस्तो कुरा गर्नेहरूलाई कहिलेकाहिँ म्याराथनका लागि निम्तो दिऊँ कि जस्तो लाग्छ। आउन त दौडिहेरौं एक फेर भन्न मन लाग्छ।’

‘उमेर वैज्ञानिक कुरा होइन, कुनै पार्टीले राखेको छैन। साइप्रसको पार्टीले राखेको थियो पहिला त्यसले पनि हटाइसक्यो। काम गरिरहेको मान्छे ७० पुग्यो भनेर कमिटीमा बस्न नपाउने भन्नु गलत हो। म जिन्दगीभर विरामी भएको, दुःख पाएको, जेलनेल भोगेको मान्छे त कसैले ललकार्‍यो भने अहिले पनि भिड्न सक्छुजस्तो हुन्छ। स्वस्थ रहेका मान्छेको ७० वर्ष भनेको त के उमेर हो र! म यस्तो अप्रेशन गरेको, दुई पल्ट किड्नी ट्रान्सप्लान्ट गरेको मान्छे १८ घण्टा काम गरिरहेको छु । काम गर्न बाध छैन भने उमेर पुग्यो त्यसकारण कमिटीमा बस्नुहुँदैन भन्ने मान्छेलाई स्थिर बनाउने कुरा हो । यो अराजनीतिक कुरा हो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर