नेपालको ओडिआई वरीयता खस्कियो

काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरीयता १ स्थान तल झरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसीसी० ले सोमबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १५ औं स्थानमा पुगेको छ ।

एकदिवसीय विश्वकप छनोटका ६ खेल मध्ये २ मा मात्र जित हात पारेसँगै नेपालको वरीयता खस्किएको हो ।

एकदिवसीय विश्वकपमा छनोट भएको नेदरल्यान्ड्सले वरीयता सुधार गरेर नेपाललाई पछि पारेको हो ।

एसोसिएट तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्स दोस्रो र नेपाल तेस्रो स्थानमा रहेको छ ।

नयाँ वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहँदा दोस्रो स्थानमा पाकिस्तान रहेको छ । भारत तेस्रो तथा न्युजिल्यान्ड चौथो स्थानमा रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर