भेट्रान डिफेन्डर एस्ले योङ्ग एभर्टनमा अनुबन्धित

काठमाडौं । भेट्रान डिफेन्डर एस्ले योङ्ग एभर्टनमा अनुबन्धित भएका छन् । बजारमा निशुल्क उपलब्ध रहेका उनी एस्टन भिल्लाबाट बिदा हुँदै एभर्टनमा अनुबन्धित भएका हुन् ।

भिल्लासँग योङ्गको सम्झौता यसै समरमा सकिदै थियो । उनी लुटोनसँगको संवादमा समेत रहेका थिए । योङ्ग साउदी क्लबसँग समेत जोडिएका थिए ।

३८ वर्षका योङ्गले म्यानचेस्टर युनाईटेडबाट प्रिमियर लिग, एफ ए कप जितेका थिए । उनले सिरि ए क्लब इन्टर मिलानबाट लिग उपाधि समेत हात पारेका थिए ।

प्रशिक्षक सिन डाइचको नेतृत्वमा एभर्टनले हस्ताक्षर गरेको योङ्ग पहिलो खेलाडी हुन् । फ्राङ्क लम्पार्ड बर्खास्तमा परेपछि वर्नलीका पूर्व प्रशिक्षक डाइचलाई गत जनवरीमा क्लबले मुख्य प्रशिक्षक बनाएके थियो ।

योङ्गले युनाईटेडबाट युरोपा लिग र लिग कप जितेका थिए । उनले इङ्ल्याण्डको राष्ट्रिय टिमबाट ३९ क्याप खेलेका थिए ।

योङ्गले देश र क्लबका लागि करियरमा ७ सय बढी म्याच खेलेका छन् । उनले भिल्ल्लाका लागि गत सिजन ३२ म्याच खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर