झिनो अंकको करेक्सन आउँदा नेप्से करिब स्थिर

काठमाडौं । सोमबार सेयर बजारमा झिनो अंकको करेक्सन आउँदा नेप्से करिब स्थिर देखिएको छ । आइतबारभन्दा ०.८० अंकले घटेको बजार २०७६.९६ विन्दुमा रोकिएको छ । यो ०.०४ प्रतिशतको मात्र गिरावट हो ।

सोमबार कारोबार रकममा भने सुधार भएको छ । सोमबार २९३ धितोपत्रको ६५ हजार ३१७ वटा कारोबारबाट १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । सोमबार वित्त उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै २.७१ प्रतिशतले कमाए ।

धेरै गुमाउनेमा होटल तथा पर्यटन उपसमूहका लगानीकर्ता छन् । उनीहरुले १.७२ प्रतिशतले गुमाए । सोमबार रावा इनर्जीको सबैभन्दा धेरै ९.९८ प्रतिशतले मूल्य बढेको छ । गुहेश्वरी मर्चेण्ट बैंक, स्वेतगंगा हाइड्रो, अरुण कावेली पावर, नेपाल फाइनान्ससहितको मूल्य धेरैले बढेको छ ।

हिमालयन हाइड्रोपावर, सिटी होटल, सिद्धार्थ इक्विटी फण्डसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, प्राइम कमर्शियलको प्रमोटर सेयरसहितको धेरै कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर