डायमन्डको लगातार दोस्रो जित

काठमाडौं । राजधानीमा जारी रहेको सातौं संस्करणको महिला तथा पुरुष क्लब लिग भलिबलमा महिला तर्फ न्यु डायमन्ड स्पोर्टस क्लबले लगातार दोस्रो जित दर्तागरेको छ।

त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा जारी प्रतियोगिताको सोमबारको दोस्रो खेलमा एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै न्यु डायमन्डलेलगातार दोस्रो जित हात पारेको हो ।

उपाधी दावेदार मानिएको न्यु डायमन्डले एभरेस्ट क्बललाई ३-० को सोझो सेटमा पराजित गरेको हो । डायमन्डले २५-१७, २५-१२ र २५-१२ ले तीनै सेट जितेर खेल आफ्नो पक्षमा पारेको हो ।

आईतबार आफ्नो पहिलो खेलमा न्यु डायमन्डले गन्डकी प्रदेशलाई पराजित गरेको थियो ।

एभरेस्टको भने यो लगातार दोस्रो हार हो । आइतबार भएको आफ्नो पहिलो खेलमा एभरेस्ट विभागीय टोली नेपाल पुलिससॅंग पराजित भएको थियो ।

आज नै महिला तर्फका एक खेल हुँदा पुरुष तर्फ तीन खेल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर