एपीएफको लगातार दोस्रो जित

काठमाडौं । राजधानीमा जारी रहेको सातौं संस्करणको महिला तथा पुरुष क्लब लिग भलिबलमा महिला तर्फ नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।

त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा जारी प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल एपीएफले लगातार दोस्रो जित हात पारेको हो ।

उपाधी दावेदार मानिएको एपीएफले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले २५–१२, २५–१८ र २५–८ ले तीनै सेट जितेर खेल आफ्नो पक्षमा पारेको हो ।

आईतबार आफ्नो पहिलो खेलमा नेपाल एपीएफ क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो ।

आज नै महिला तर्फका अन्य दुई खेल हुँदा पुरुष तर्फ तीन खेल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर