अमेरिकी राष्ट्रपति बाइडेन बेलायत भ्रमणमा

काठमाडौं । युक्रेनलाई ‘क्लस्टर बम’ पठाउने निर्णयका कारण आलोचित भएका बाइडेनको यो भ्रमणलाई महत्वपुर्ण रुपमा हेरिएको छ । बेलायत र क्यानाडाले युक्रेनलाई अमेरिकाले गर्न लागेको बम आपूर्तिको विरोधसमेत गरेका छन् ।

‘क्लस्टर बम’ ले सर्वसाधारणको क्षति बढ्ने भन्दै यी दुइ राष्ट्रहरुले अमेरिकाको विरोध गरेकै बेला बाइडेन बेलायत पुगेका छन् । बेलायतमा रहँदा उनले बेलायती राजा चाल्र्ससँग शिष्टाचार भेट गर्नेछन् त्यस्तै उनले सोमबारै बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेटघाट गर्ने कार्यक्रम छ ।

भेटकै अवसरमा बाइडेन र बेलायती प्रधानमन्त्री सुनकबीच नेटो शिखर सम्मेलनमा युक्रेनलाई पनि समावेश गर्ने विषयमा गहन छलफल हुने भएको छ । बाइडेनको बेलायत भ्रमण अघि प्रधानमन्त्री सुनकले बेलायत अमेरिकाको सबैभन्दा महत्वपूर्ण ब्यापार, रक्षा र कुटनीतिक साझेदार रहेको उल्लेख गदै बाइडेनको बेलायत भ्रमण निकै महत्वपूर्ण रहने बताए।

बेलायतबाट बाइडेन लिथुआनिया जानेछन् । फिनल्याण्ड नेटोमा आवद्ध भएपछी पहिलो पटक शिखर सम्मेलन हुन लागेको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर