हिमाली क्षेत्र रसुवामा डेंगुका बिरामी,सावधानी अपनाउन सल्लाह

काठमाडौं । उत्तरी रसुवाको भू–भागमा समेत डेङ्गुका बिरामी फेला परेको छ । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइराखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले एकजना डेङ्गुका बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए ।

समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेङ्गु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. शाहले डेङ्गु सार्ने लामखुट्टे बिहान सूर्योदयभन्दा अगाडि र साँझ पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनुपर्ने बताए । । उनलेले घरआँगन छेउका गोरेटो घोडेटोलगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाडा छोपेर राख्न आग्रह पनि ग।े ।

यस्तै जिल्ला अस्पताल धुञ्चेले आइतबारदेखि थप व्यवस्थित गर्दै ‘ओपिडी सेवा’ सञ्चालनमा ल्याएको छ । अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपिडी सेवा सञ्चालनमा ल्याएको हो । अस्पताल पुग्नासाथ अधिकांश बिरामी काठमाडौँ रिफर गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको जनाइएको छ । यसबाट विशेषगरी प्रसूति सेवा लिने सेवाग्राहीलाई सहज भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर