ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव राउत पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)की एआईजी किरण बज्राचार्यले जानकारी दिइन्  ।  सीआईबीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको छ ।

ललिता निवास प्रकरणमा यसअघि भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङसहित ९ जना पक्राउ परेका छन्।

सीआईबीले सरकारी किर्ते कसुरमा असार १२ गते भाभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोतका पूर्वकर्मचारी धर्मनाथ गौतम, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका पूर्वकर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइरहेको छ।

यस्तै, सीआईबीले ठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो। त्यसैगरी रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरिएको छ।

गत १२ गते पक्राउ परेका चार जनालाई १३ गते नै जिल्ला अदालतले हिरासतमा राख्न ७ दिनको अनुमति दिएको थियो। यो मुद्दामा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर