सृष्टि महर्जनले जितिन् ‘मिस स्टार युनिभर्स-२०२३’ को उपाधि

काठमाडौं । यूएईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । उपाधिसहित यी २२ वर्षीया सुन्दरीले ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’ जस्ता सहविधा समेत जितिन् ।

उपाधि जितेपछि कुरा गर्दै उनले उपाधि जित्दा खुसी लागेको र मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको प्रतिक्रिया दिइन् । ‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिएँ । तयारी पनि त्यस्तै थियो,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै गर्दा नर्भस पनि थिएँ । अन्ततः सफलता प्राप्त भयो ।’

‘इन्डो इन्टरनेसनल फेसन कार्निभल एण्ड अवार्ड-२०२३’ अन्तर्गत प्रतियोगिता आयोजना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर