रविन तामाङको स्वरको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक

काठमाडौं । रकगायक रविन तामाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउँदै आइतबार अन्तिम संस्कार गरिएको छ । अभिनेतासमेत रहेका गायक तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यसैबीच, रविनको स्वरमा रहेको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक गरिएको छ । निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए । तर रविनको निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिंदै यो गीत सार्वजनिक गरिएको हो ।

गीतले जिन्दगीलाई धुवाँमा नउडाउन सन्देश दिएको छ । गीतमा रविनलाई गायक राजेशपायल राईले पनि साथ दिएका छन् । सुरेश राईको शब्द तथा संगीत रहेको गीतमा रविन र राजेशपायल राईलाई नै फिचर गरिएको छ । गीतको र्‍यापको शब्द रविनले लेखेका हुन् । सोनाम तामाङको छायांकन गरेको भिडियोलाई निरञ्जन पाण्डेले सम्पादन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर