पीएसजीमा दक्षिण कोरियाली मिडफिल्डर लि काङ्ग इन अनुबन्ध

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दक्षिण कोरियाली मिडफिल्डर लि काङ्ग इनलाई अनुबन्ध गरेको छ ।

पीएसजीले २२ वर्षिया खेलाडीलाई स्पेनिस क्लब रियल मालोर्काबाट ५ वर्षका लागि अनुबन्ध गरेको हो ।

पीएसजीले समर ट्रान्सफरमा अनुबन्ध गरेको लि चौथों खेलाडी हुन् ।

पीएसजीले यसअघि मिडफिल्डर म्यानुअल उगार्टे, सेन्ट्रल डिफेन्स मिलन स्क्रिनियार र फरवार्ड मार्को एसेन्सियोलाई अनुबन्ध गरेको थियो ।

‘पीएसजीमा जोडिन पाउनु अविश्वसनीय छ ।’ उनले भनेका छन् ।

‘यो विश्वको ठुलो क्लब मध्यको एक हो । जसमा विश्वका केही महान खेलाडी छन् । म नयाँ चुनौती सुरुआत गर्न निकै उत्साही छु ।’ उनले भनेका छन् ।

लिले दक्षिण कोरिबाट १९ म्याच खेलेका छन् । उनले सन् २०२२ को विश्वकप दक्षिण कोरियाबाट खेलेका थिए । स्पेन र बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस एनरिके पीएसजीको नयाँ प्रशिक्षकको रुपमा आएका छन् ।

पीएसजी फरवार्ड केलियन एमबाप्पेको नयाँ सम्झौताको अनिश्चितताबाट गुज्रिरहेको छ । उनले क्लबसँग सम्झौता नविकरण नगर्ने बताईसकेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर