ओलीद्वारा सडक दुर्घटनाप्रति चिन्ता व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवारी दुर्घटनाबाट दैनिक ६ जनाले ज्यान गुमाएको स्थितिप्रति चिन्ता व्यक्त गरेका छन्।

ओलीले दैनिक यसबारेमा अध्ययन, अनुसन्धान गर्नुपर्ने पनि बताए। ‘पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारीसाधनको स्थितिलगायत अनेकौं हुन सक्छन्’, ओलीले सामाजिक सञ्चालमा लेखेका छन्, ‘यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर