सुनको मूल्य ७०० रुपैयाँले बढ्यो

काठमाडौं । आज सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। उक्त दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर