जीर्ण भवन भत्किंदा १४ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा एक जीर्ण भवन भत्किंदा १४ जनाको मृत्यु भएको छ ।

ब्राजिलको पुर्वी क्षेत्र पेरनामबु राज्यमा भएको घटनामा दर्जनौ घाइते भएका छन् । बेसाहारा र घरबारबिहीनहरु बस्दै आएको सो सरकारी भवनमा बस्न प्रतिबन्ध लगाइए पनि अटेर गरी मानिसहरु बस्दै आएका थिए ।

जीर्ण अवस्थामा रेहको उक्त भवन भारी वर्षाका कारण ढलेको हो । रातको समयमा भवन ढल्दा अधिकांश मानिस मस्त निद्रामा थिए । भवनको भग्नावशेषबाट तीन जनालाई जिवितै उद्धार गरिएको छ भने केही भग्नावेशषमा च्यापिएको अनुमान छ ।

ब्राजीलमा हरेक वर्ष जीर्ण भवन भत्किंदा थुप्रैको मृत्यु हुने गरेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर