म्यानचेस्टर युनाईटेडका गोलकिपर गियाले क्लब छाड्ने घोषणा गरे

काठमाडौं । म्यानचेस्टर युनाईटेडका गोलकिपर डेभिड डि गियाले क्लब छाड्ने घोषणा गरेका छन् । उनले यस समरमा म्यानचेस्टर युनाईटेड छाड्ने घोषणा गरेका हुन् । उनले नयाँ चुनौती लिने सही समय आएको बताएका छन् ।

जुनको अन्त्यसँगै ३२ वर्षका खेलाडी बजारमा निशुल्क उपलब्ध हुनेछन् । उनले युनाईटेडमा १२ वर्ष बिताएका थिए ।

उनले ५ सय ४५ खेल युनाईटेडका लागि खेलेका थिए । जसमा कीर्तिमानी १ सय ९० क्लिन चिट रहेको थियो ।

‘म म्यानचेस्टर युनाईटेडका समर्थकलाई बिदाई सन्देश लेख्न चाहेको छु ।’ उनले भनेका छन् ।

उनले एट्लेटिको मड्रिडबाट करियर सुरु गरेका थिए । उनी सन् २०११ मा करिब १९ मिलियन पाउण्डमा युनाईटेड आएका थिए ।

युनाईटेडका प्रशिक्षक इरिक टेन हगले इन्टर मिलानका गोलकिपर एन्ड्रे ओनाना क्लबमा आउने आशा ब्यक्त गरेपछि डि गियाको घोषणा आएको हो ।

सुरुवातमा क्लब र डि गियाबीच सम्झौता नविकरणका लागि सहमती बनेको थियो । त्यसपछि सो सहमती परिवर्तन भएको बताईएको छ । डि गिया साउदी क्लबसँग जोडिएका छन् ।

उनले युनाईटेडबाट प्रिमियर लिग, एफ ए कप, युरोपा लिग र दुई कारबाओ कप जितेका थिए । युनाईटेडका चार पटकका प्लेयर अफ द इयर डि गियाले गत सिजन दोस्रो पटक गोल्डेन ग्लोभ्स जितेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर