मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

काठमाडौं ।  मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खाेला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा  सवारीसाधन जाममा परेका छन् । पहिरो पन्छाउन समय लाग्ने प्रहरीके भनाइ रहेको छ । गत २।३ अघि मात्र सुचारु भएको उक्त सडक खण्ड फेरि अवरुद्ध भएको हो । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर