रास्वपाको हविगत पनि पुरानै पार्टीको जस्तो हुनेछ : महासचिव भुसाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी हविगत पनि पुराना राजनीतिक पार्टीको जस्तै हुने दाबी गरेका छन् । दलाल, पुँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रूपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको तर्क थियो।

पार्टीनिकट कानुनी व्यवसायीको सङ्गठन ‘समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठन’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महासचिव भुसालले दलाल, पुँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दल अघि बढ्न सक्ने अवस्था नरहेको समेत बताए ।

महासचिव भुसालले दलाल पुँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस, पैरवी गर्न आग्रह गर्दै उनले आफ्नो पार्टी मात्रै दलाल, पुँजीवादले निम्त्याएका समस्या समाधान गरेर समाजवादतर्फको यात्रामा अघि बढ्ने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दाबी गरे ।

महासचिव भुसालले आफ्नो पार्टीले समाजवादको निर्माणको आधार तय गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले पार्टीनिकट कानुन व्यवसायीलाई समाजवाद निर्माणका लागि न्यायालयभित्र रहेका बिचौलिया तन्त्रको अन्त्य हुने गरी लाग्न पनि सचेत गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर