कांग्रेस संसदीय दलको नेता बदल्नेतिर मलाई थकाई लागेको छैन : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित एक भेलामा उनले बदल्न सके आफू र नभए आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउनु अहिलेको आवश्यकता भएको विचार पनि व्यक्त गरे ।

उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने बताए। महामन्त्री थापाले आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्नतिर लाग्ने र वर्तमान परिस्थितिमा आफू कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा नथाकेकोसमेत दाबी गरे।

महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभर्इ २०८० र २०८१ को सुरु गर्न जरुरी रहेको बताए। सबै पार्टीहरु मिसन २०८४ मा लागेकाले कांग्रेसले यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर