२५ औं एशियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । थाईल्याण्डको बैंककमा हुने २५ औं एशियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

जुलाई १० देखि १७ गतेसम्म हुने प्रतियोगितामा नेपालकातर्फबाट दिपक अधिकारी, मुकेश पाल, सोमबहादुर कुमाल, शिवराज पार्की, राजपुरा पछाई, फुलमती राना, आयुष कुँवरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

नेपाल एथलेटिक्स संघले चीनमा हुने एशियन गेम्स प्रतियोगितामा छनोट भएका ७ खेलाडीलाई एशियन च्याम्पियनसिपमा पठाउन लागेको हो । एशियन गेम्सको पूर्व तयारी स्वरुप एशियन च्याम्पियनसिपको आयोजना गरिएको हो ।

एशियन च्याम्पियनसिपमा दिपक अधिकारीले ५ हजार र १० हजार मिटर, मुकेश पालले ५ हजार र १५ सय मिटर, सोमबहादुर कुमालले ४ सय र ८ सय मिटरमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै, शिवराज पार्कीले सय र दुई सय मिटर, राजपुरा पछाईले ५ हजार मिटर, फुलमती रानाले ८ सय र १५ सय मिटर, आशुय कुँवरले सय र दुई सय मिटरमा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले एशियन च्याम्पियनसिप खेल्ने खेलाडीलाई शनिबार एक कार्यक्रमका बीच बिदाई गरे । उनले एशियन गेम्सको तयारीको रुपमा रहेको प्रतियोगितामा राम्रो प्रर्दशनको शुभकामना दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर