मनहरीमा दुई ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु

काठमाडौं । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–६ नयाँ बस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडक खण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक शनिबार राति पौने दुई बजे एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

दुर्घटनामा तीन जनाको ज्यान गएको र मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ती नपा ८ बस्ने वर्ष २८ को रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गापा २ गोर्दीटार बस्ने वर्ष २१ को सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीले बताए । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । जलेको ट्रकमा हेटौँडाबाट आएको दुई वटा दमकलले आगो निभाएको थियो ।

घाइते हुनेमा ना६ख ६६६७ नको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नंको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर