सहमतिका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षी दललाई छलफल गरेर सहमतिका लागि बैठक स्थगित गरेका हुन्।

‘संसद अवरूद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन। तपाइँहरू एउटा निष्कर्षमा पुग्नैपर्छ। त्यसका लागि सहजीकरण गर्न म तयार छु। पर्सिसम्ममा सहमति गर्नुहोला। आजको बैठक सूचना टाँसेर स्थगित गरौं,’ सभामुख घिमिरेले बैठकमा भने।

बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर बुधबारदेखि सदन अवरुद्ध पार्दै आइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर