मेक्सिकोमा बस दुर्घटना, २९ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्। मेक्सिको सिटीबाट ओक्साकाको योसनडुआ जाँदै गरेको बस चालकले नियन्त्रण गुमाएपछि ८० फिट गहिरको नदीमा खसेको थियो। ज्यान गुमाउनेमा १३ महिला र एक बालकसहित २९ जना छन्।

यसअघि बुधबार मेक्सिकोको क्वेरेतारो राज्यमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो। यसैबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित बोक्सबर्ग शहरमा ग्यास चुहावटको शंकास्पद घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ। त्यहाँको एकुरहुलेनी नगरपालिकाको आपकालीन व्यवस्थापन सेवाका अनुसार एन्जेलो स्क्वाएर शिविर नजिककै भएको ग्यास चुहावटको घटनामा मानिसको मृत्यु भएको हो।

उक्त ग्यास कच्चा सुन सफा गर्नका लागि प्रयोग गर्ने गरिन्छ । अवैध खानीबाट निकालिएको सुन सफा गर्ने क्रममा सिलिण्डरबाट ग्यास चुहिएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर