नयाँ ब्रोकर कम्पनीहरुलाई कारोबार गर्न दिने निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नयाँ ब्रोकर कम्पनीहरुलाई कारोबार गर्न दिने निर्णय गरेको छ ।

नेप्से संचालक समितिको बुधबार बसेको बैठकले धितोपत्र बोर्डबाट अनुमति लिएर मापदण्ड पूरा गरेका नयाँ ब्रोकरहरुलाई सदस्यता प्रदान गर्दै कारोबार सुरू गर्न अनुमति दिने निर्णय गरेको हो ।

योसँगै अब नेप्सेबाट नयाँ ब्रोकरहरुले सदस्यता लिन सक्ने छन् भने नेप्सेले उनीहरुलाई आफ्नो सिस्टमसंँग कनेक्ट गराउने छ । त्यसपछि नयाँ ब्रोकरहरुले सिडीएसबाट राफसाफ सदस्यता लिएर कारोबार सुरू गर्ने छन् ।

नेप्सेबाट अनुमति पाउने ब्रोकरहरुमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन् ।

धितोपत्र बोर्डले अहिलेसम्म २९ वटा नयाँ ब्रोकर लाईसेन्स प्रदान गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर