एमालेको कदम असंसदीय : सत्ता गठबन्धन

काठमाडौं– सत्ता गठबन्धनका दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को राजीनामा माग्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको निष्कर्ष निकालेका छन्।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका ७ दलका नेताहरुको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र राजीनामा माग गर्नु उपयुक्त नभएको निष्कर्ष निकालेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। काठमाडौंमा सोमबार आयोजित एउटा कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्ड विवादमा तानिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर