गुडिरहेको बसमा करेन्ट लाग्दा दुईको मृत्यु

सल्यान। गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु भएको छ ।

राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डस्थित चोरखोला नजिक लत्रिएको विजुलीको तारले रा१ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह भई बसमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेका छन् । उनीहरु दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले जानकारी दिए ।

उक्त घटनामा बसका साहु सल्यान छत्रेश्री गाउँपालिका-६ का महेन्द्र वली गम्भीर घाइते भएका छन् । उनको उपचारको लागि दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर