राष्ट्रियसभा बैठक बस्दै, एमालेले अवरोध जारी राख्ने

काठमाडौं । आज विहीबार दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन, नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो १ बजे बोलाइएको हो ।

हिजो दिउँसो २:३० बजे बोलाइएको बैठक आधा घन्टा स्थगित गरी ३:०० बजे बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद्‌ चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४:४६ बजे बोलाइएको थियो । सो बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिब्यक्ति दिएपछि प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । उनीहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर