चेल्सी छाडेर मिडफिल्डर माउन्ट ५५ मिलियन पाउण्डमा युनाईटेडमा अनुबन्ध

काठमाडौं । चेल्सी मिडफिल्डर मासन माउन्टले बाल्यकालको क्लब चेल्सी छाडेका छन् । उनी प्रतिद्धन्दी क्लब म्यानचेस्टर युनाईटेड लागेका छन् ।

युनाईटेडले २४ वर्षिय मिडफिल्डरलाई ५५ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । प्रशिक्षक इरिक टेन हगले समरको पहिलो हस्ताक्षरको रुपमा माउन्टलाई अनुबन्धन गरेका छन् ।

माउन्टले समेत युनाईटेडको योजनाले आफुलाई लोभ्याएको बताएका छन् । युनाईटेडको नयाँ परियोजनामा आफु प्रशिक्षक इरिक टेन हगसँग सहमत बनेको माउन्टको प्रतिक्रिया छ । उनले युनाईटेडसँग ५ वर्षको प्रारम्भिक सम्झौता गरेका छन् ।

‘म्यानेजरसँग भेट गरेर, योजनाबारे छलफल गरेपछि नयाँ सिजनका लागि म निकै उत्साहीत बने ।’ इङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडी माउन्टले भनेका छन् ।

‘सबैले देखेका छन्, क्लबले इरिक टेन हागको योजनामा ठुलो कदम चालेको छ । म निकै महत्वकाक्षी र भोको छु । मलाई थाहा छ, मुख्य उपाधि जित्न कति अनुभव चाहिन्छ र के गर्न पर्छ भनेर । म मेरा सम्पुर्ण अनुभव युनाईटेडमा लगाउनेछु ।’ उनले भनेका छन् ।

चेल्सीले युनाईटेडको प्रारम्भिक तीन प्रस्तावलाई अस्विकार गरेको थियो । लण्डन क्लबले गत सिजन ६ सय मिलियन खर्च गरेको यिो । तर वित्तिय अनुशासन कायम राख्न खेलाडी बेच्नुपर्ने बाध्यता क्लब समक्ष रहेको थियो ।

चेल्सीले ६ वर्षको उमेरमा क्लबसँग जोडिएका खेलाडी गुनाउन चाहदैन थियो, तर अर्को वर्ष सम्झौता सकिन लागेका खेलाडीसँग नयाँ सम्झौता बनिरहेको थिएन ।

‘हुर्किएको क्लब छाड्ने निर्णय लिन सजिलो थिएन । तर युनाईटेडले मेरो करियरको अर्को चरणका लागि रोमाञ्चक नयाँ चुनौती प्रदान गर्नेछ ।’ माउन्टले भनेका छन् ।

माउन्टले चेल्सीबाट १ सय ९५ खेलमा ३३ गोल गरे । उनलाई चेल्सीले सन् २०१९ मा सिनियर टिममा डेब्यु गराएका थिए । उनले सिजनको अन्तिममा चोटका कारण अधिकांश खेल गुमाएका थिए । र क्लबले १२ औं स्थानमा आएर लिगको समापन गरेको थियो । माउन्टले युनाईटेडमा ७ नम्बरको जर्सी लगाउने पक्का भएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर