“वनको जग्गामा नेताहरूको आँखा, कर्मचारीहरू टेर्दै टेर्दैनन्”

काठमाडौं । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वनको राष्ट्रिय जग्गामा राजनीतिक दलका नेताहरूले नकारात्मक आँदा गाड्ने गरेको बताएका छन् । साथै उनले आफू वनमन्त्री भए पनि मातहतका कर्मचारीहरूले अटेर गरेको गुनासो पनि गरेका गरे ।
प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बिहीबार उनले भने, “वनको जग्गामा पब्लिक भन्दापनि नेताहरुको आँखा ठूलो लाग्ने। अनि राजनीतिक दबाब। अनि के–के छुटेजस्तो ठूल्ठूला नेताहरु खाली जंगलको जग्गा किन्नुपर्यो, त्यहाँ यो गर्दिनुपर्यो। त्यहाँ त्यो गर्दिनुपर्यो। सबैको आँखा जंगलमा जान्छ। म आएपछि हाइड्रोपावरको कतिवटा फाइल छ ल्याइदिनुस् भन्दा एउटा पनि आउँदैन टेबलमा। प्रक्रिया यति झन्झटिलो छ, कागज एक ठाउँबाट अर्को ठाउँमा पुग्दै महिना, दुई महिना त त्यसैमा लाग्छ। अहिले सबभन्दा समस्या भएको सबै प्रदेशमा छ।”
उनले भने, ‘डिएफओलाई यहाँबाट फोन गर्यो त्यहाँ कति वटा रुख छ, कति जग्गा छ छुट्टयाएर पठाइदेउ भन्दाखेरी मरिगए डिएफओले सुन्दैन। सुन्दै सुन्दैन उसले। व्यापारीहरुले त्यहाँ गएर आफ्नो लेनदेनको कुरा गर्यो भने उसले तुरुन्त पठाउने। अब त्यो छैन भने छ, सात महिना कुर्ने भनेजस्तो छ। यो काम गर्न अफ्ठ्यारो छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर