कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाडौं । प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिका लागि गठबन्धन दलको तर्फबाट दाबी प्रस्तुत गरे लगत्तै प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखले नियुक्ति पत्रमा ‘संविधानको धारा १६८(२) बमोजिम तपाइँलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको छु। मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई सहित कार्यकाल सफलताको कामना गर्दछु’, उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर