अर्जेन्टिनी फरवार्ड एन्जल डी मारिया बेन्फिाकामा अनुबन्ध

काठमाडौं । अर्जेन्टिनी फरवार्ड एन्जल डी मारिया बेन्फिाका लागेका छन् । उनी करियरमा दोस्रो पटक पोर्चुगिज क्लब बेन्फिाकामा अनुबन्ध भएका हुन् ।

३५ वर्षिय डि मारियाले सन् २००७ देखि २०१० सम्म पोर्चुगिज क्लबबाट खेलेका थिए ।

उनले गत सिजन इटालिनय क्लब युभेन्ट्सबाट खेलेका थिए । त्यसअघि उनी ७ वर्ष पेरिस सेन्ट जर्मेन (पीएसजी)मा रहे ।

‘घरमा तिमीलाई स्वागत छ । डि मारिया ।’ क्लबले भिडियो सन्देशमार्फत भनेको छ ।

उनले क्लबसँग एक वर्षको सम्झौता गरेका छन् ।

उनी रियल मड्रिड आउनु अघि पोर्चुगिज क्लबबाट लिग र कप डबल जितेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर