सभामुखसमेतको संख्यालाई अस्वीकार गर्न कोशी एमालेको आग्रह

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुखसमेतको सङ्ख्या देखाएर पेस हुने दाबीलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेको छ । एमाले संसदीय दलको तर्फबाट प्रदेश प्रमुखलाई लिखित र मौखिक रूपमा सभामुखलाई सरकार गठन प्रक्रियामा समावेश नगर्न आग्रह गर्ने तयारी भएको सो दलले जनाएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘सभामुखलाई सरकार गठनको अङ्कगणितमा समावेश गर्न मिल्दैन भन्नेमा हामी प्रष्ट छौँ र यो विषय प्रदेश प्रमुखलाई लिखित र मौखिक दुबै ढङ्गले आज आग्रह गर्दैछौं ।’

प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई संविधानको धारा १६८ (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न आज (बिहीबार) अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।

विपक्षी गठबन्धन दलले सभामुख समेतको सङ्ख्या लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छ । विपक्षी दलहरू ४ः३० बजे मुख्यमन्त्री कार्यालयमा पुग्ने तयारी गरेको जानकारी प्राप्त भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर