दुर्गम क्षेत्रका विद्यार्थी भर्नाको अवसरबाट वञ्चित भएकोप्रति ध्यानाकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा दुर्गम क्षेत्रका विद्यार्थी भर्नाको अवसरबाट वञ्चित भएकोप्रति ध्यानाकर्षण जनाएको छ ।

महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजा प्रकाशनपछि कक्षा ११ मा नयाँ भर्ना गर्ने सम्बन्धमा विभिन्न शिक्षण संस्थाले विगतमा फरक–फरक भर्ना तालिका तय गरी छोटो समयको म्यादमा सूचना प्रकाशन गरेको जनाउँदै यसबाट देशभरका दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको बताएको छ ।

महानगरले सबै शिक्षण संस्थालाई कक्षा १० को नतिजा प्रकाशन भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ मा भर्ना कार्यक्रम तय गर्न निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर