प्रधानमन्त्रीको राजीनामा नमागिएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताएका छन्। बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताए।

उनले भने, ‘हामीले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छैनौँ। केही कुराहरुमा हाम्रो आशंका छ, आक्रोश छ, त्यो कुरालाई प्रधानमन्त्रीले आएर स्पष्ट पारिदिनुपर्छ। प्रधानमन्त्रीले सार्वभौम सदन र यसको राजनीतिक प्रक्रिया, लोकतान्त्रिक प्रक्रिया, निर्वाचन प्रक्रिया सबैलाई अवहेलना गर्ने अभिव्यक्ति दिनुभएको छ। त्यो अभिव्यक्ति भावनात्मक रुपमा यत्तिकै आएर, उहाँले विवेक गुमाएर बोल्नुभएको हो कि कुन तर्कले बोल्नुभएको हो? त्यो स्पष्ट पार्न चाहन्थ्यौँ। तर हामीले बोल्ने मौका पाएनौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर